आंशिक रूपमा जिप्रकाको सेवा स्थगित



पाल्पा । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रूपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५ गतेदेखि स्थगन गर्न लागेको हो ।

कार्यालयका कर्मचारी निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिनुपर्ने भएपछि जिल्ला प्रशासनले एक सूचना जारी गरी वैशाख ३० गतेसम्मका लागि सेवा स्थगित गरेको जनाएको छ । ‘स्थानीय तह निर्वाचन–२०७९ वैशाख ३० गतेका लागि यस कार्यालयका कर्मचारी पनि मतदान केन्द्रहरुमा खटिई जानुपर्ने भएकाले कार्यालयबाट प्रदान हुँदै आइरहेका सेवामध्ये नागरिकता प्रमाणपत्र, नाबालिका परिचयपत्र, पेन्सन तथा अन्य सिफारिससम्बन्धी कार्य मिति २०७९-१-२५ गतेदेखि २०७९-१-३० गतेसम्म स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

–प्रमुख जिल्ला अधिकार जगन्नाथ पन्तद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।वैशाख ३१, जेठ १ र २ गतेसम्म सार्वजनिक बिदा परेकाले तत्पश्चात् मात्रै स्थगन गरिएका सेवा नियमित सुचारु हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्