तीस जनाले भोट हाल्दा सात मत बदर



लमजुङ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा ३० जनाले भोट हाल्दा सात मत बदर भएको छ । बुधबार जिल्ला निर्वाचन कार्यालय लमजुङले बदर मत कम गराउनका निम्ति जिल्ला सदरमुकाम बेंसीशहरको फूलबारीमा नमुना मतदान गरेको हो ।

मतदानमा नेपाल प्रहरी, म्यादी प्रहरी, निर्वाचन कार्यालयका कर्मचारी, पत्रकार, अपांगता भएका व्यक्तिलगायतको सहभागिता रहेको थियो । स्थानीय तहको निर्वाचनमा ६ छाप लगाउनुपर्ने भनेर सिकाइएको निर्वाचन कार्यालय प्रमुख सिर्जना मिश्रले बताउनुभयो ।

विगतका निर्वाचनमा आयोगले मत वदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । यसपालि भने मतदाता शिक्षा कार्यक्रम नभएको उहाँले बताउनुभयो ।

मतदातले मतपत्रमा दस्तखत नगरिदिएकाले मत बदर भएको निर्वाचन कार्यलयका सूचन अधिकारी जीवखर शर्माले बताउनुभयो । नागरिकले पूर्णरूपमा मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्य बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्