भोट माग्ने हतारो


प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट मंगलबार मात्र पार्टी सदस्यता लिएलगत्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका कलाकार रवीन्द्र खड्का र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का भोट माग्न गृह नगर काभ्रेको पनौतीमा पुगेका छन्।

उनीहरु बुधबार दिनभर काँग्रेसका तर्फबाट पनौती नगरका मेयरका उम्मेदवार रामशरण भण्डारीलगायत गठबन्धनका उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा सहभागी भए ।