वर एन्ड वधुमा थपिइन् साम्राज्ञी


निर्माता निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म वर एण्ड वधुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह थपिएकी छन्। निर्माता निर्देशक चाम्सका अनुसार, वर एन्ड वधुका लागि हालै नायिका साम्राज्ञीसँग लिखित सम्झौता भएको हो।

फिल्ममा यसअघि नव-नायक विवेक कर्माचार्य र नायिका आँचल शर्मा अनुबन्धित भइसकेका छन्। कमेडी र रोमान्सको मिश्रणमा बन्ने फिल्म स्थानीय निकायको निर्वाचनलगत्तै सुटिङ फ्लोरमा जाने निर्देशक चाम्सले जानकारी गराए।

फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ। निर्देशक चाम्स हाल गोर्खा वारियर–२ को छायांकन गरिरहेका छन् भने साम्राज्ञीले तिम्रो मेरो साथ र ह्यारी कि प्यारीको छायांकन सकाएकी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।