नेविसंघको परिचालन समिति गठन



काठमाडौं  । 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

नेविसंघले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७ सय ५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै कांग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

नेविसंघले प्रत्येक स्थानीय तहमा एक–एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

नेविसंघले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकका रूपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उहाँले बताउनुभयो । यसैबीच नेविसंघले कांग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि १ हजार ५ सय ९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्