बंगलादेशमा नेपालको नाटक



बंगलादेशको ५०औं स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा बंगलादेशको विश्वविद्यालयमा सम्पन्न कार्यक्रममा नेपाली नाट्य संस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएका छन्।

जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वर्ल्ड थिएटरले सहभागिता जनाउँदै नाटक मञ्चन गरेको हो। रंगकर्मी राजकुमार पुडासैनी निर्देशित तथा अभिनित एवं अनिसुर रेहमान लिखित काव्यात्मक मनोवाद म शेख मुजिब मञ्चन गरिएको हो। नाटक वन वर्ल्ड थिएटरले सन् २०२० मा पहिलोपटक मञ्चन गरेको थियो।

नाटकलाई नेपाली र अंग्रेजी भाषामा तयार गरिएको थियो। नाटक बंगलादेशमा मञ्चन हुँदा केही प्रतिकात्मक संवाद बंगाली भाषामा पनि प्रस्तुत गरिएको थियो। जसका लागि विश्वविद्यालयका प्राध्यापक मोहिबुर रउफ शैबल, नवरिन निपु, रिदी बसाकले साथ दिएका थिए। साताव्यापी भ्रमणका क्रममा रंगकर्मी पुडासैनीले बंगलादेशमा कार्यशाला पनि सञ्चालन गर्ने वन वर्ल्ड थिएटरले जनाएको छ। वन वर्ल्ड थिएटर काठमाडौंमा सक्रिय नाट्य संस्था हो।

प्रतिक्रिया दिनुहोस्