इजरायलका प्रधानमन्त्री नाफ्तालीलाई कोरोना संक्रमण



एजेन्सी ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो ।

“हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।

उनीले अस्वस्थ महसुस गरेपछि एकान्तवासमै रहेर आफ्ना काम गरिहेका र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ । उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएको थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्