अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि…


एजेन्सी ।

इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता मास्क नलगाइ छलफलमा बसेका थिए ।

बेन्नटले राम्रो महसुस गरिरहेको र आफ्नो घरबाट योजनाअनुसार काम गरिरहेको उनको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ । यसैबीच, विदेशमन्त्री ब्लिनकेनले पनि कोभिड परीक्षण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सो जानाकारी दिएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।