यस कारण हटाइन वर्षाले बिकनी फोटो



काठमाडाै‌ं । 

हाल अमेरीकामा रहेकी  अभिनेत्री वर्षा सिवाकोटी  घुमघाममा मस्त छिन्।  हालै उनले फ्लोरीडाको समुन्द्री तटमा घुमघामको क्रममा बिकनीमा खिचेको  तस्बिरहरू आफ्नो सामाजिक सञ्जाल फेसबुक तथा ईन्स्टाग्रामार्फत शेयर गरेकी थिइन्।

उक्त तस्बिर को सामाजिक सञ्जालमा  राम्रो चर्चा चलिरहेको बेला अचानक वर्षाले भने ती तस्बिरहरू आफ्नो सामाजिक सञ्जालबाट हटाएकी छिन्। अत्यधिक कमेन्ट आएको फोटोहरूलाई लिएर धेरैले  वर्षाको पहिरनको प्रशंसा गरेका थिए भने धेरैले भद्धा कमेन्ट गर्दै नकरात्मक प्रतिक्रिया दिएपछि  वर्षा उक्त तस्बिरहरू हटाउन बाध्य भएकी हुन्। केही समय अघि  वर्षा अभिनेता राज कट्वालसँग प्रेम सम्बन्धमा रहेको भनिए पनि हाल उनीहरूको  ब्रेक अपको चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्