सशस्त्र प्रहरीद्वारा मदिरा बरामद 



मधेस प्रदेश, सुभेन्द्र दास  । 

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नाजस्ता बाहिनीबाट खटिएको ६ जनाको स्कवाड टोलीले भारततर्फ जाँदै गरेको  भारी मात्रामा मदिरा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ मोटरसाइकलमा   मदिरा गइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नाजस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले दशगजा क्षेत्रबाट भारी मात्रामा मदिरा सहित ६ वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका वडा नम्बर १ ईनर्वा स्थित दश गजा ईलाकाबाट भारततर्फ मदिरा लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

६ वटा भारतीय नम्बरको मोटरसाइकलमा मदिरा लगिरहेको अवस्थामा सीमा नजिकै रहेको स्कवाड टोलीलाई हेर्नसाथ तस्कर फरार भए पनि मदिरा र भारतीय मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नाजस्ता बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार २०७ वटा कार्टुनमा रहेको सौफी, भर्जिन ७ कार्टुन, ब्लैक ओके ९ कार्टुन गरी जम्मा रु ३ लाख १० हजार ६ सय बराबरको मदिरा रहेको जनकारी दिनु भयो  । उहाले भन्नू भयो भारतीय मोटरसाइकलको ५ लाख ५० हजार गरी कुल ८ लाख ५० हजार ६ सय बराबरको मुल्यांकन गरी भन्सार  कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्