जुनियर खुला कराँते चैत ११ देखि



काठमाडौं ।

नेपाल सितोरियो कराँते डो संघ, छाउनी शाखा डोजो क्लबको आयोजनामा पाँचौं जुनियर खुला कराँते तथा किक बक्सिङ प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । पुरुष/महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

टिम प्रथमले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिने छ । किक बक्सिङको स्पर्धा प्रदर्शनी खेलका रूपमा मात्र समावेश गरिएको आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्