स्थानीय तह निर्वाचन: वैशाख ३० गते हुन लागेको निर्वाचनकाे आचारसंहिता राजपत्रमा प्रकाशित (सुचीसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

स्थानीय तह निर्वाचनमा स्थानीय प्रशासनको अनुमतिबाट मात्रै राजनीतिक दलले कोणसभा गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने उल्लेख छ। जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने भनिएको छ।

प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भनिएको छ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने आचारसंहितामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्