दक्षिण कोरियामा क्वारेन्टाईन बस्नु नपर्ने



काठमाडौं ।

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्ने व्यक्तिहरुलाई अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

कोरियन सरकारको यो निर्णयबाट बैदेशिक रोजगारिका लागि कोरिया जाने पर्खाईमा रहेका कामदारहरु विशेष गरि खुशी देखिन्छन् । दक्षिण कोरिया आकर्षक रोजगारिको थलोका रुपमा नेपाल लगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलंका, म्यानमार लगायत १६ वटा देशका कामदारहरु दक्षिण कोरियाले लैजाने गरेको छ ।

क्वारेन्टिनका लागि बस्ने ठाउँ महगो हुनुका साथै पर्याप्त नभएका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरुपमा कोरिया प्रवेश गर्न सकिरहेका छैनन् । यो निर्णयसँगै दक्षिण कोरिया जानबाट बन्चित पूर्ण खोप लगाएका कामदारहरुमा खुशी छाएको छ । यो सुविधाका लागि पूर्ण खोप लगाएको हुनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्