सुँगुरको मुटु प्रत्यारोपण गराएका बिरामीको मृत्यु



काठमाडौं ।

विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका बिरामीको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उनको गत जनवरी ७ मा मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टिमले शल्यक्रिया गरी सुँगुरको मुटु प्रत्यारोपण गरेको थियो । बेनेटको स्वास्थ्य अवस्था केहीदिन देखि बिग्रिएको र मंगलबार मृत्यु भएको अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै न्यू योर्क पोस्टले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्