ग्लोबल अवार्ड ड्यालसमा हुने



सन् २०१६ बाट शुरु भएको ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौं संस्करण अमेरिकाको टेक्सासस्थित ड्यालस हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) को संयुक्त आयोजनामा आगामी जुलाई ३ तारिखमा आयोजना हुने अवार्डबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो।

अवार्डमा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान गरिनुका साथै अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान गरिने आयोजकले जानकारी गराए। विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्न तथा नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डलाई निरन्तरता दिइएको आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए।

नेपालबाट जाने र अमेरिकामा बस्ने कलाकर्मीको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्