अभिनेत्री पल्पसाको मृगौला प्रत्यारोपण सफल



0न्युज अफ नेपाल, काठमाडौं । 

लोकप्रिय अभिनेत्री पल्पसा डंगोल (चम्सुरी)को आज बुधबार शिक्षण अस्पताल महाराजगन्जमा मृगौला प्रत्यारोपण  भएको छ । केही महिनादेखि अभिनेत्री पल्पसाको मृगौलाले काम गर्न छोडे पछि प्रत्यारोपणका लागि पहल भइरहेको थियो ।

नेपालको कानुन अनुसार मृगौला प्रत्यारोपणका लागि नजिकका आफन्त हुनुपर्ने कारणले पल्पसाका भाइ अजु डंगोलले मृगौला प्रदान गरेका छन् ।  करिब ५ घण्टा लागेको प्रत्यारोपण कार्यमा प्राध्यापक डा दिव्या सिंहको नेतृत्वमा प्रा डा उत्तम कुमार श्रेष्ठ,प्रा डा प्रेम ज्ञवाली,प्रा डा महेशराज सिग्देल,प्रा डा पवन बस्याल,प्रा डा भोजराज लुइँटेल,लगायतको टिम रहेको थियो ।

अभिनेत्री पल्पसाको उपचारका लागि शुरूदेखि नै डा सौरभ सिंह हमालले समन्वय गर्नु भएको थियो।  पल्पसालाई हप्ता दिनसम्म आइसियुमा राखिनेछ र भाइ अजुले पनि ४र५ दिनसम्म बस्नु पर्नेछ ।हाल अभिनेत्री पल्पसाको स्वास्थ्य राम्रो रहेको बताईएकोछ।

प्रतिक्रिया दिनुहोस्