गैंडाकोट पुर्‍याइयो पललाई



तनहुँ, (नेस)।

जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। एक नाबालिग किशोरी जबरजस्ती करणी गरेको अभियोगमा गैंडाकोटमा पनि जाहेरी परेकाले शाहलाई अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैंडाकोट लगिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी गराए।

जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीका पिताले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको खड्काले बताए। शाहविरुद्ध गत फागुन १६ गते किशोरीका पिताले गैंडाकोटमा पनि जाहेरी दिएका थिए।

१७ वर्षीया गायिकालाई जबरजस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएको केही दिनपछि पलले तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए भने प्रहरीको मागबमोजिम तनहुँ जिल्ला अदालतले अनुसन्धानका लागि शुरुमा सात दिन र अनुसन्धान नसकिएकाले गत आइतबार १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्