दीयालाई आरोहणका लागि विदाई



सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई आगामी बैशाख १६ गते रिलीज हुने फिल्म मन्त्रको टिमले राजधानीमा आयोजित एक समारेहबीच राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ। उनी आज बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन्।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको समूहले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना दिएको थियो। आफ्नै ४२ लाख रुपियाँ खर्चमा आरोहण गर्न लागेकी दीया मौसमले साथ दिए आगामी अप्रिल ६ मा सगरमाथा चुचुरोमा पुग्नेछिन्। आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन्।

अर्जेन्टिनाको ६ हजार नौ सय ६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढीसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्