मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला



क्वालालम्पुर ।

मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला हुने भएको छ । आउँदो अप्रिल १ देखि विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सञ्चार माध्यमले जनाएका छन् । कोरोनाको कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो ।

कोरोनाको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको जनाइएको छ । विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको भन्दै प्रवेश खुल्ला गरिएको बताइएको छ ।

मलेसिया विश्वका पर्यटकहरुको लागि एक प्रमुख गन्तव्य हो । त्यहाँ पर्यटकबाट मात्रै राम्रो आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्