एफएनजे मिडिया कप चैतमा



काठमाडौं ।

नेपाल पत्रकार महासंघले आगामी चैत १६ गते एफएनजे मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । विज्ञप्तिमा जनाएअनुसार महासंघको ६७औं स्थापना दिवसको अवसरमा पत्रकारबीच पहिलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा १५ भन्दा बढी टिमका १ सय ५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा पनि गरिएको छ । दुई दिनसम्म चल्ने मिडिया कपमा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्