लाखेको क्लाइमेक्स मुस्ताङमा



मल्टिस्टार कलाकारले भरिएको फिल्म लाखेको क्लाइमेक्स सुटिङ मुस्ताङमा भइरहेको छ। मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी गराए। ‘लाखेको क्लाइमेक्स कसैले नसोचेको विशेष छ’ निर्माता ठकुरी भन्छन् ‘त्यसैले, पनि हामीले मुस्ताङ रोजेका हौँ।’

सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायतका कलाकारले मुस्ताङमा क्लाइमेक्स दृश्यका लागि सट दिएका छन्। क्लाइमेक्समा वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्राकारलगायत पनि सहभागी छन्।

काठमाडौंको छायांकनपछि मुस्ताङ पुगेको फिल्मको टिम क्लाइमेक्स सकाएर फेरि काठमाडौंमा केही दिन छायांकन हुनेछ। ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माणाधीन फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्