जगतसुन्दर व्वनेकुथीलाई खेलकुद सामग्री प्रदान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

राजधानीस्थित नेपाल भाषाको विद्यालय जगतसुन्दर व्वनेकुथी माध्यामिक विद्यालयको इन्का किन्डरगार्टेनका बालबालिकाका लागि नेपाल बाल सहायता संघले खेलकुदका सामग्री प्रदान गरेको छ ।

बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा नेपाल बाल सहायता संघको तर्फबाट स्वराज फाउन्डेसनका अध्यक्ष विजयसागर प्रधानले झन्डै ५ लाख २२ हजार बराबरको खेलकुद सामग्री विद्यालयका प्रधानाध्यापिका सुनिता मानन्धरलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. चुन्दा बज्राचार्यले पूर्व प्राथमिक तहका बालबालिकाका लागि खेलकुद नै पठनपाठनको महत्त्वपूर्ण माध्यम भएको जिकिर गर्दै खेलकुद सामग्री प्रदान गरेकोमा बाल सहायता संघ र स्वराज फाउन्डेसनप्रति आभार व्यक्त गर्नुभयो ।

खेलकुद सामग्रीहरूमा ट्युब एन स्लाइड प्ले सेन्टर, बी स्प्रिङ राइड अन, जम्बो जिराफ राइड अन, बल पुल, जुनियर बास्केट बल, नम्बर म्याट, रोल अन म्याटलगायतका सामग्रीहरू रहेका छन् ।यसअघि गत असोजमा सोही संस्थाले कोराना महामारीविरुद्ध लड्न विद्यालयका लागि अटोमेटिक स्यानिटाइजर मेसिन, स्यानिटाइजर स्प्रे मेसिनलगायतका सामग्रीका साथै शिक्षक शिक्षिकाका लागि मास्क, स्यानिटाइजर र थर्मस र पूर्व प्राथमिक विद्यार्थीहरूका लागि मास्क, स्यानिटाइजरका साथै खाद्य सामग्री पनि वितरण गरेको थियो ।