अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण


क्यानर्बेरा ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उहाँले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताउनुभएको हो ।उहाँले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।