विराज र अरुणा सर्वोत्कृष्ट खेलाडी



काठमाडौं ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) द्वारा आयोजित १६ औैं एनएनआईपीए अवार्डमा विराज महर्जन र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा र राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व कप्तान विराजलाई मंगलबार भएको अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । दुबैले समान १ लाख रुपियाँ पुरस्कार रकम प्राप्त गरेका छन् ।

स्पोर्टस अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । तीनै २७ खेलाडी मध्येबाट एक महिला र एक पुरुष सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । स्थानिय निकायको सहयोगमा हुँदै आएको अवार्ड कार्यक्रम यसपटक गोदावरीको बज्रबाराही मन्दिरमा आयोजना भएको हो ।

यी हुन् २०७७ का महत्वपूर्ण अवार्ड हासिल गर्नेहरूः

प्रतिक्रिया दिनुहोस्