क्रिकेट र ब्याडमिन्टनका खेलाडी छनोट



हेटौंडा, (नेस) ।

प्रथम प्रदेश खेलकुदअन्तर्गत् मकवानपुरमा खेलाडी छनोट जारी छ । सोमबार पनि २ खेलका खेलाडी छनोट भएका छन् । ब्याडमिन्टनको महिलातर्फ माधवी बोस, रीजा थापा र एलिना थापा छनोट भएको ब्याडमिन्टन संघ अध्यक्ष बीके बोसले जानकारी दिए ।

पुरुषतर्फ रेवती कार्की, रमेश रेग्मी, रवीन्द्र नेपाल, श्रवण श्रेष्ठ, हिक्मत सिंह र नरेन्द्र मोक्तान छनोट भएका छन् । शनिबारदेखि भएको क्रिकेट छनोट सकिएको छ । क्रिकेटमा १४ खेलाडी छनोट भएको क्रिकेट संघ अध्यक्ष वासुलाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार रामनरेश गिरी, गौरव खड्का, तक्षक सिंखडा, युबिन बुढाथोकी, विशाल फुया“ल छनोट भएका छन् ।

रिजन ढकाल, विपुल खनाल, सुमन सुनार, शुभ कंशाकार, समिर चौलागाईं, असिम श्रेष्ठ, आकाश घिमिरे, सुवर्ण भट्ट र सक्षम बास्ताकोटी पनि छनोट भएका छन् भने वैकल्पिकमा विपल खतिवडा, गौरव भुसाल क्षेत्री र मन्दीप महत छन् ।

भलिबलतर्फ महिला तथा पुरुष छनोट हुप्रचौरमा शुरु भएको छ । मंगलबार र बुधबार फुटबल छनोट गरी जिल्लाबाट प्रदेशमा सहभागी हुनेको नामावली २० गतेभित्र प्रदेशमा पठाइ सक्नुपर्ने कार्यतालिका रहेको समिति प्रमुख राजन दाहाल (खुशराज) ले बताए । यसअघि कराते, तेक्वान्दो, एथलेटिक्स, बक्सिङ खेलाडीको जिल्ला छनौट भइसकेका छन् । प्रदेशमा मकवानपुरबाट ८ विधामा खेलाडी सहभागी हुने समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्