नेत्रदानमाथि थर्ड आई



जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशमा थर्ड आई नामक फिल्म निर्माण भएको छ। आफ्नो दुई आँखाको दृष्टि गुमेपछि अरू कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने बुझाउन निर्माण गरिएको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रसित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी, राजीव न्यौपानेलगायतले अभिनय गरेका छन् ।

फिल्म आसुतोष अधिकारीले निर्देशन गरेका छन्। फिल्म साहित्यकार आरती अधिकारीले लेखेकी हुन्। जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, सुजन बिसीको छायांकन र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्