जेलेन्स्कीद्वारा युरोपेली संसद्को बैठकलाई सम्बोधन



ब्रसेल्स ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडियो मार्फत सम्बोधन गरेका छन् । उनले सम्बोधनको क्रममा युक्रेनलाई कसैले भंग गर्न नसक्ने बताए ।

उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउँदै भने, – ‘युक्रेन राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर युक्रेनविरुद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताएका छन् ।

यसैबिच मंगलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैर सैनिकहरूको ज्यान गइरहेका विवरण आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्