माइक्रोसफ्टका सीइओ नडेलाका छोराको २६ वर्षको उमेरमा निधन



काठमाडौं।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सत्य नडेलाका २६ वर्षका छोरा जैन नडेलाको निधन भएको छ । २६ वर्षीय जैन नडेलाको सोमबार निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जैन नडेला ‘सेरेब्रल पाल्सी’ नामक रोगबाट पीडित थिए । सत्य नडेला सन २०१४ देखि माइक्रोसफ्टका सीइओ छन् । उनका छोराको उपचार चिल्ड्रेन्स हस्पिटलमा भइरहेको थियो ।

‘जैनलाई संगीत मन पराउने रुपमा स्मरण गरिनेछ । उनको शानदार मुस्कानबाट उनलाई माया गर्नेहरुले खुसी प्राप्त गर्थे ।’, जैनको निधनपछि अस्पतालका सीइओ जेफ स्पेरिङले बोर्डको तर्फबाट एक सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्