महिला विश्वकप विजेताले १.३२ मिलियन पाउने



लन्डन, (एजेन्सी) ।

महिला विश्वकप शुरु हुन चार दिन मात्रै बाँकी छ । एकदिवसीय विश्वकप ४ मार्चदेखि ३ अप्रिलसम्म खेलहरू न्युजिल्यान्डको ६ स्थानमा खेलाइनेछ । पहिलो खेलमा आयोजक न्युजिल्यान्डको सामना वेस्ट इन्डिजसँग हुनेछ । ८ टिमले भाग लिने यसपटकको प्रतियोगिताको उपाधि विजेतालाई ठूलो रकम पुरस्कार पनि मिल्नेछ । गत सिजनको भन्दा दोब्बर रकम मिल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विजेता टिमलाई दिने पुरस्कार रकम दोब्बर गरेको हो । यसपटक आईसीसीले कूल पुरस्कार रकम ३.५ मिलियन अमेरिकी डलर छुट्याएको छ । जुन गत विश्वकपको भन्दा ७५ प्रतिशतले बढी रकम पनि हो । यस पटक विश्वकप जित्ने टिमले १.३२ मिलियन डलर प्राप्त गर्नेछ । नेपाली रुपिया“मा यो रकम १० करोडभन्दा बढी हुन्छ । गत विश्वकपमा विजेता बनेको टिम इंग्ल्यान्डले ६ लाख ६० हजार डलर पाएको थियो ।

त्यस्तै, उपविजेता टिमले ६ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । यो नेपाली रुपियाँमा करिब साढे ४ करोड बराबरको हुन्छ । गत विजेता टिम भारतले ३ लाख ३० हजार डलर हासिल गरेको थियो । यसैगरी सेमिफाइनलमा हार्ने दुई टिमले समान ३ लाख अमेरिकी डलर पाउनेछन् । समूह चरणका हरेक खेलका लागि टिमलाई ७० हजार डलर पनि दिइने आईसीसीले जनायो ।

प्रतिक्रिया दिनुहोस्