पलको पक्षमा प्रदर्शन



तनहुँ ।

एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका नायक पल शाहको पक्षमा दमौलीका केही युवाले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

नायक पल शाह निर्दोष रहेको र उनलाई फसाउन खोजिएको भन्दै दमौलीका केही युवायुवती र महिलाले प्रहरी कार्यालय अगाडि पम्लेटसहित प्रदर्शन गरेका हुन्। १७ वर्षीया नाबालिग गायिका व्यास २ (परिवर्तित नाम) को परिवारबाट जबरजस्ती करणीको अभियोगमा जाहेरी परेपछि आइतबार नायक शाह स्वयं प्रहरीमा उपस्थित भएका थिए। आइतबार नै प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीको अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने गरी आइतबारदेखि नै प्रहरी कार्यालय अगाडि भीड जम्मा गरेर प्रदर्शन भइरहेको छ। भीडको फाइदा काठमाडौं लगायतका ठाउँबाट आएका युट्युबरले उठाएका छन्। बिहान १०:३० बजेदेखि प्रहरी कार्यालय अगाडि नायक शाहका प्mयानहरू जम्मा भइरहेका छन्। उनीहरूले अदालत लैजानका लागि पललाई बाहिर निकाल्ने भएकाले पर्खेर बसेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्