कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?



किभ ।

युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० लाख मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ ।

कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?

युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु : पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ ।

पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २३० अस्पतालको सूची तयार पारेको छ ।

पछिल्ला वर्षमा १० लाख युक्रेनी पोल्यान्डमा बसोबास गरेका छन् । विशेषगरी सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो ।

रुसी हमलापछि कुन देशमा कति युक्रेनी शरणार्थी भएर पुगे?

हंगेरीः ७१ हजार १५८

रोमानियाः ४३ हजार १८४

मोलडोभाः ४१ हजार ५२५

स्लोभाकियाः १७ हजार ६४८

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्