केभीएस प्रि–क्वार्टरफाइनलमा



काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन केभीएस छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा केभीएसले आयोजक अर्किडलाई ५–० गोलले पराजित गर्यो । केभीएसका रोजल कार्की एक्लैले ४ गोल गरे भने सुनील खड्काले १ गोल थपे । अर्किडका प्रान्स दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

टाइमलाइन, एकलव्य, दर्शना र कौस्तुभ पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम १६ को स्थान सुरक्षित गरे । टाइमलाइनले भीमेश्वर एकेडेमीलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि चारै गोल आशिष मगरले गरे । भीमेश्वरका कस्विन ढुंगेलले सान्त्वना गोल गरे । एकलव्यले ग्लोबललाई ३–० गोलले पाखा लगायो । एकलव्यका अनिल शाहीले २ तथा निरज कोइरालाले १ गोल गरे ।

दर्शनाले बाल गीताञ्जलिलाई टाइब्रेकरमा ६–५ ले पन्छायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कौस्तुवले हाइली क्रिएटिभमाथि २–१ को जित निकाल्यो । कौस्तुवका रिडम श्रेष्ठ र कुशल बर्देवाले गोल गरे । हाइलीका सजिन थापाले १ गोल फर्काए । यससँगै प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्