पुटिनले विनाशको बाटो रोजे: बेलायती प्रधानमन्त्री जोनसन



एजेन्सी ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसले गरेको हमलाको निन्दा गर्दै बेलायत र उसको गठबन्धनले निर्णायक जबाफ दिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको भयावह घटनाहरूबाट आफू स्तब्ध भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विनाशको बाटो रोजेको आरोप लगाएका छन् । उनले अगाडि भने, ‘ युक्रेनमा बिना कारण आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्तपात र विनाशको बाटो रोजे ।’

रुसलाई कसरी जबाफ दिने भन्ने बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल गरेको उनले बताए । बेलायत र उसको गठबन्धनले उचित कदम चाल्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्