पुटिनले गरे ‘सैन्य कारबाही’ घोषण



मस्को ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए । ‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ।’ गुटरेसले भनेका थिए ।

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै बिस्फोटका आवाज
किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।

तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्