भीष्म र राजेश भेट्रान्स टेनिसको फाईनलमा


काठमाडौं ।

भीष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२ र ६–३ को सेटमा पराजित गरे भने राजेशले रविन गुरुङलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरेका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो । फाईनल खेल आज हुनेछ । प्रतियोगिताअन्तर्गत सिनियर भेट्रान्स तर्फका खेलहरु पनि मंगलबार देखिनै शुरु हुने आयोजक संस्थाका सचिव नविन श्रेष्ठले जानकारी दिए ।नवप्रवेशितर्फ सेमिपफाइनल पुगेका भिष्मराज पौडेल, रविन गुरुङ, दुर्गा सुनार र राजेश गुरुङले पनि सिनियरतर्फ भाग लिन पाउने भएका छन् ।

प्रतियोगितामा खुल्ला एकल तर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय पुरस्कार पाउनेछन् ।डबल्सतर्फका विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार पाउने आयोजकले जनाएको छ । टेनिसको विकास र खेलाडीको आकर्षणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।