निर्देशक आचार्यको निधन



फिल्म निर्देशक रेशराज आचार्यको बुधबार बेलुकी हृदयघातबाट निधन भएको छ। ६४ वर्षीय उनी एक वर्षदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका थिए। बुधबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल लगिएको उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो।

फिल्म तिलहरीबाट निर्देशन यात्रा शुरू गरेका उनले टुहुरो, माटो बोल्छ, आमा, मन मुटु र माया,, भुली गए पाप लाग्ला, धर्म संकट, बेहुली, मायाको साइनो, अनमोललगायत एक दर्जन फिल्मको निर्देशन गरेका छन्। फिल्म लेखकसमेत रहेका उनले केही फिल्ममा अभिनय पनि गरेका थिए। आमा, दुश्मन लगायतका टेलिफिल्मसमेत निर्देशन गरेका उनले अभिनय पनि सिकाउँदै आएका आएका थिए।

उनले अन्तिमपटक प्रितीको फूल नामको फिल्मको निर्देशन गरेका थिए। उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। आचार्यको श्रीमती र एक छोरा छन्। उनीहरू दुवै विदेशमा बसोबास गर्ने भएकाले उनको अन्तिम संस्कार दाजु कृष्ण आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्