विवाह समारोहमा गएका १४ जनाको इनारमा खसेर मृत्यु



नयाँ दिल्ली ।

उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, ‘पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।’

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताउनु भएको छ । गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताउनु भएको छ । स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उहाँले ट्वीटमार्फत बताउनु भएको छ ।

भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्