इनारमा खसेर १३ जनाको मृत्यु 



काठमाडौं ।

भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु भएका मध्ये ११ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेमा बालबालिका र महिला रहेका छन्।

घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्