आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले दाङबाट एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा दाङ शान्तिनगर गाँउपालिका वडा नं ३ स्थित चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगर रहेका छन् ।

उनले आफ्नै सहोदर कान्छो छोरा १९वर्षीय गोपाल मगरकाे चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्