अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्रहत्या गर्ने एक युवक पक्राउ



न्युज अफ नेपाल काठमाडौं ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष २५ का एलिस भन्ने राजन श्रेष्ठ रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ती युवतीको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल स्टाटस पोस्ट गरेको अभियोगमा प्रहरी युवकलाई मंगलबार पक्राउ गरेको हो ।

युवकले फेसबुकमा ती युवतीको फेक प्रोफाइल बनाइ अश्लिल तस्विर र भिडियो पोष्ट गर्दै अश्लिल स्टाटस लेखेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंको अनुमतिले सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्