सागरमा भेटियो चालकको शव



टोकियो । 

दुई साताअघि हराइरहेको एउटा लडाकू जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ । तालिमको सिलसिलामा रहेको एफ–१५ एस लडाकू जेट ३१ जनवरीमा इसिकावा क्षेत्रको कोमातसु हवाई आधारबाट उडेको केही समयपछि सम्पर्कविहीन भएको थियो ।

लडाकु जेट हराएपछि चालक दलका सदस्यहरुको खोजी तीव्र पारिएको थियो । जापानको सागरमा खोजी कार्य गर्ने क्रममा नौसेनाले चालक दलका एक सदस्यको शव फेला परेको वायु सेनाले जनाएको छ । चालकको शव पहिचान भएको र सहचालकको शव खोजी कार्य तीव्र पारिएको नौसेनाले जनाएको छ ।

जेट विमान दुर्घटनाका कारण केही प्रष्ट पारिएको छैन । जापानमा हवाई सेनाको जहाज बारम्बार दुर्घटना हुने गरेको छ । सन् २०१९ मा आकाशमा दिशाहीनताको अवस्थामा पुगेपछि एफ–३५ ए जेट विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्