यमनमा राष्ट्रसंघका ५ जना कर्मचारी अपहरणमा


न्युज अफ नेपाल, काठमाडौं ।

साना–दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले जानाकारी दिए ।

अपहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ । गिकाइले भने । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ । हुथी विद्रो्हीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो ।

द्वन्द्वका कारण दशौं हजार मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।