अर्किड कपको तयारी



Football.

काठमाडौं ।

अर्किड स्कुलको आयोजनामा छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता फागुन १३ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा बढीमा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । खेलहरू काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । सञ्चालक भुजेलले कोरोना भाइरसका कारण अधिकांश समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरूको मनोबल उच्च बनाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्