एसी मिलान सेमिफाइनलमा



MILAN, ITALY – FEBRUARY 09: Olivier Giroud of AC Milan celebrates his goal with his team-mates during the Coppa Italia match between AC Milan ac SS Lazio at Stadio Giuseppe Meazza on February 09, 2022 in Milan, Italy. (Photo by Marco Luzzani/Getty Images)

लन्डन, (एजेन्सी) ।

एसी मिलान इटालीमा जारी कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरी ए प्रतिद्वन्द्वी लाजियोमाथि सानदार जित निकाल्दै मिलानले सेमीफाइनलमा स्थान पक्का गरेको हो । मिलानले घरेलु मैदानमा लाजियोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदान स्टेडियो गुइसेपी मिएजा मिलानोमा बुधबार राति भएको खेलमा ओलिभर जिरुडले दुई तथा राफयल लियो र फ्रान्क केस्सीले समान एक गोल गरे । खेलको २४औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले शुरुवाती अग्रता लिएको थियो । उनले एलेसियो रोमागनोलीको पासलाई सदुपयोग गरेका थिए ।

४१औं मिनेटमा ओलिभर जिरुडले राफयल लियोको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले थियो हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ७९औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे । उनले माल्दिनीको फ्रिकिकलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । यसअघि, मंगलबार राति भएको खेलमा रोमामाथि सहज जित निकाल्दै इन्टर मिलानले कोपा इटालीयाको सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्