इन्टर मिलान सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।

इन्टर मिलान इटालीमा जारी कोपा इटालयिाको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरी ‘ए’ प्रतिद्वन्द्वी रोमामाथि सहज जित निकाल्दै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको हो । इन्टरले घरेलु मैदानमा रोमालाई २–० गनेलअन्तरले हराएको हो । घरेलु मैदान मिलानोमा मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा इन्टरको जितमा इडेन जेको र एलेक्सिस सान्चेजले गोल गरे । जेकोले पहिलो हाफमा तथा सान्चेजले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै जेकोको गोलबाट इन्टरले सुरुवाती अग्रता लिएको थियो । उनले इभान पेरिसिसको पासलाई सदुपयोग गरेका थिए । खेलको ६८औं मिनेटमा सान्चेजले गोल गर्दै टोलीको जित पक्का गरे । सान्चेजले माटियो डरमिएनको पासमा गोल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्