भारतको महाराष्ट्रमा सडक दुर्घटनामा पाँचको मृत्यु


दिल्ली ।

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा आइतबार भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । लोनावाला क्षेत्र नजिकै मुम्बई–पुणे एक्सप्रेस मार्गमा विहान ७ः३० बजे दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

तीव्र गतिमा मुम्बईबाट पुणे जाँदै गरेको एउटा कार ट्रकसँग ठक्कर खाएपछि दुर्घटना भएको र उक्त घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सञ्चारमाध्यमका अनुसार पीडितहरूलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा लगिएको तर उनीहरूलाई तत्कालै मृत घोषित गरिएको थियो । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरू भइसकेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।