अभिनेत्रीद्वारा गायकमाथि बलात्कारको आरोप



अमेरिकी अभिनेत्री एवम गायिका इबान रेचल वुडले ५३ वर्षीया अभिनेता तथा गायक म्यारिलिन म्यान्सनमाथि बलात्कारको आरोप लगाएकी छिन्। अभिनेत्रीले सन् २००७ मा खिचिएको हार्ट सेप्ड ग्लासेस बोलको गीतको एक भिडियोको सेटमा आफूमाथि गम्भीर प्रकारको बलात्कार गरेको आरोप लगाएकी हुन्।

हालै इवान रेचलले आफ्नो जीवनमा आधारित डकुमेन्ट्री फिनिक्स काइजिङमा यस कुराको खुलासा गरेकी हुन्। ३४ वर्षीया अभिनेत्रीले भनेकी छिन, ‘यौन सम्बन्धको नक्कल गर्नुपर्ने सिनको दौरानमा म्यान्सनले मलाई क्यामराको अगाडि यौन शोषण गरेका थिए। जसका लागि म कहिल्यै पनि सहमत थिइनँ।’ रेचलका अनुसार उक्त भिडियो खिच्नुभन्दा पहिले उनलाई केही वस्तु खुवाइएको थियो। जसका कारण उनले केहि मात्रामा आफ्नो होस गुमाउन पुगेकी थिइन्। ‘म त्यति होसमा थिइन कि त्यति बेला उसको कथित हरकतको विरोध गरौँ।’

सन् २००६ मा भेटेका रेचल र म्यान्सनको प्रेम सम्बन्ध सन् २००७ मा बाहिर आएको थियो। जुन बेल रेचल १८ वर्षकी थिइन् भने म्यान्सन ३८ वर्षका थिए। रेचलले आफूलाई म्यान्सनले किशोर अवस्थादेखि नै प्रताडित गरेको र आफू प्रतिशोध र बदनामीको डरले बाँचिरहेको बताएकी छिन्। रेचल र म्यान्सन सन् २०१० मा अलग भएका थिए। म्यान्सनमाथि गेम अफ थ्रोन्सकी अभिनेत्री एस्मे बियान्कोले पनि यौन शोषणको आरोप लगाएकी थिइन्। मेन्सनले भने आफूमाथिको आरोप झुठो र भयानक भएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्