सिंगरको विजयीलाई २५ लाख पुरस्कार



केही वर्षदेखि नेपालमा रियालिटी शोहरूको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो, डान्सिङ रियालिटी शो, कमेडी रियालिटी शोहरू चलिरहेका छन्। यस्तै, लहरमा अर्को एउटा फरक रियालिटी शो सुरू हुने भएको छ। सिंगर : सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलि रहेको ट्रेन्डभन्दा केही फरक गर्ने आयोजकको दाबी छ।

फ्रेन्चाइज रियालिटी शोको दबदबा चलिरहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीका सञ्चालक श्याम धितालले जानकारी गराए। भाषाको दायरा तोडेर एक परिचित गायक गायिकालाई नेपालमा चलिआएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिताका रूपमा सिंगरलाई अघि बढाइने आयोजकले जानकारी गराए। यो रियालीटी शोको विजेताले नगद पुरस्कार २५ लाख रुपियाँसहित कार र गीति एल्बमसम्म पाउनेछन्।

नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायीकाहरूले शोमा भाग लिन सक्नेछन्। नेपाल नेटवर्क टेलिभिजनको शुभारम्भसँगै प्रसारण शुरू गरिने रियालिटी शो सिंगर : सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी गराए। नेपाल नेटवर्क टेलिभिजन आगामी नयाँ वर्षको अवसर पारेर वैशाखबाट प्रसारण शुरू गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्