कमेडीमा भन्नै पर्ने भो



हास्य जगतमा नयाँ हास्यश्रृंखला भन्नै पर्ने भो प्रसारणमा आएको छ। शिवहरि रोक्काको लेखन तथा निर्देशनमा बनेको टेलिश्रृखलाको निर्माण लक्ष्मण खत्री र रामकुमार वनले गरेका हुन्। जितु कमेडी युट्यु्बमार्फत प्रसारणमा आएको सिरियलको ६ भाग प्रसारणमा आइसकेको छ।

रमेश बस्नेत, राजु भुजु, रचना पौडेल, रश्मी भट्ट, अशोक रोक्का, लक्ष्मण खत्री, आरके मानन्धर, अशोक रोक्का, राजन चौलागाई, आशिका बस्नेत, विनिता थापा, विकास अधिकारी, प्रकाश घिमिरे, गौरख तिरुवा, निष्कृति थापा, रामसुन्दर थापा, सुदीप गदाइली, विनोद भण्डारी, शिवहरि खड्का र उज्ज्वल बस्नेतको अभिनय रहेको छ। सिरियलामा सामाजिक तथा राजनीतिक विसंगतिलाई व्यङ्ग्य हान्ने कोशिस गरिएको छ।

टेलिश्रृंखलाको शिर्ष गीतमा मणिराम काफ्लेको शब्द तथा संगीत रहेको छ। अनिल विष्टको छायांकन रहेको टेलिश्रृखलामा सुरेश श्रेष्ठ र पुरुषोत्तम अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्