जापानमा एकैदिन ३२ हजार भन्दा धेरै सङ्क्रमित



जापान ।

जापानमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या मंगलबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् । “टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने ।

अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्